अजिताको हत्या निर्मलाको जस्तो गुपचुप नहोस् (भिडियो समेत)

तु खबर संवाददाता
२०७६ माघ ८,बुधबार १७:२०

मकवानपुर, ८ माघ । तेस्रो लिङ्गी अजिता भुजेलको हत्या भएको सन्दर्भमा निलहिरा समाज मकवानपुरले आज पत्रकार सम्मेलन गरी प्रहरीले अपराधीलाई पक्राउ गर्नुपर्ने बताएको छ ।

कार्यक्रम संयोजक किरण थापा सुरजले अजिताको हत्या सम्बद्धमा आफूहरुमाथि भ्रम फैलाइएको स्पष्ट पारेका छन् ।

उनले यो अपराधीको षड्यन्त्र भएको समेत बताएका छन् । बलात्कारपछि हत्या भएको भन्ने आफूहरुलाई विश्वास लागेकोले यसबारे गम्भीर भएर अनुसन्धान गर्न माग गरेका छन् ।

अजिताको हत्या निर्मलाको हत्या प्रकरण जस्तो गुपचुप नहोस् भन्दै उनले पत्रकार सम्मेलनमा उनी तेस्रो लिङ्गीमात्र नभई नागरिक समेत भएकोले छानबिन प्रभावकारी हुनुपर्ने आशय व्यक्त गरे ।

 

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*