यी हुन् अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार युवक !
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Ajita-jodi-1.jpg)
हेटौंडा, ९ माघ । हेटौंडाकी अजिता भुजेल हत्या प्रकरण अझै रहस्यमय भएको छ । अजिताको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई यसअघि नै मकवानपुर प्रहरीले पक्राउ गरे पनि एक व्यक्ति भने अझै फरार छन् ।
अजितासँग लिभिङ टुगेदर श्रीमान–श्रीमती जस्तै सँगै बस्दै गर्दै आएका व्यक्ति अहिले सम्पर्क बाहिर छन् । तेस्रो लिङ्गीहरुको अधिकारको लागि काम गर्ने निल हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक किरण थापा सुरजले सामाजिक सञ्जालमा अजितासँग लिभिङ टुगेदरमा बस्ने युवकको तस्बिर बाहिर ल्याएका छन् ।
उनले बुधवार आफ्नो आरजे डियर किरन नामक फेसबुक आइडीबाट अजितासँग सँगै बस्दै आएको व्यक्ति फरार भएको भन्दै जहाँ कहीँ देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन आग्रह गरेका छन् । ‘हु सक्न हाम्रो सानो सहयोगले अजिताको हत्यारा चाँडै पत्ता लाग्छकी ।–’ किरनले फेसबुकमा लेखेका छन् ।
मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले अजितासँग लिभिङ टुगेदरमा बस्ने युवकको पहिचान हुन नसकेको बताए । उनले युवकको तस्बिर प्रहरीलाई उपलब्ध भए पनि नाम, ठेगानालगायतका कुनै विषय पत्ता नलागेको बताए ।
किरणले बुधवार पत्रकार सम्मेलनमा बोल्दै उनले लिभिङ टुगेदरमा बसेका युवकले अजिताको हत्या गरेको हुन सक्ने अनुमान लगाएका छन् । युवक अजिताको रहस्यमय हत्यापछि मात्रै फरार हुनु र हालसम्म सम्पर्कमा नआउनुले उनीमाथि शंका गर्ने आधार रहेको किरनको भनाई थियो ।
निलहीरा समाजकी केन्द्रीय अध्यक्ष पिंकी गुरुङका अनुसार केही समयदेखि अजिता ‘पार्टनर’ सँग बस्दै आएकी थिइन् । घटनापछि उक्त केटा फरार छन् ।
यो पनि पढ्नुहोस् ।
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- हेटौंडाकी तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या
- हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ
- अजिता प्रकरणः हत्याराको नजिक पुग्दै मकवानपुर प्रहरी
- अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार !
- अजिताको हत्या निर्मलाको जस्तो गुपचुप नहोस् (भिडियो समेत)