नेता बानियाँद्वारा ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण

तु खबर संवाददाता
२०७६ माघ १४,मंगलवार १०:१५

हेटौंडा, १४ माघ । बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले सोमबार ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् ।

नेता बानियाँ मकवानपुरगढी गाउँपालिका ७ सुकौरामा रहेको जनता माविका ३ सय ६० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् ।

ट्रयाकसुट वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मकवानपुर गढी गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर मोक्तान, पूर्व सदस्य लालबहादुर थिङ, युसआइडीका सामाजिक परिचालक जनकबहादुर शाही, पिटिए अध्यक्ष रुपा स्याङतान्, प्रधानाध्यापक होमबहादुर नेपाली, विद्यार्थी नेता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*