हेटौंडामा राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा !
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Photo-bidhya.jpg)
हेटौंडा, १५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा आइन् । कार्यक्रम सकेर फर्कने बेलामा रोचक तस्वीर देखियो ।
राष्ट्रपतिको स्वागत गर्न बागमतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोली हेलिप्याडमै तैनाथ थियो ।
राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण भएको थियो ।
राष्ट्रपति पूर्वनिर्धारित कार्यक्रममा सहभागी भइन् । फर्किने क्रममा फेरि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबै बिदाइ गर्न हेलिप्याडमा आए ।
त्यसक्रममा सामूहिक तस्वीर खिचाउने कुरा भयो । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा र्पुयाइयो । राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए ।
यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अनलाइनखबरमा समाचार छ ।