यौन सम्पर्कपछि रकम बार्गेनिङले लियो अजिताको ज्यान

तु खबर संवाददाता
२०७६ माघ २१,मंगलवार ११:१८

हेटौंडा, २१ माघ । माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्या यौन सम्पर्कपछि रकम बार्गेनिक (विवाद)को करणले भएको खुलेको छ ।

चारजना मिलेर अजिताको हत्या गरेको खुलेको छ । हेटौंडाका ४ जना युवकले हेटौंडा–११ थानाभर्याङमा ना ६ ख ६५२७ नम्बरको आइचर ट्रक पार्किङ गरी उक्त ट्रकमा अजितालाई लगेर यौन सम्पर्क गरेका थिए ।

सहमतिमा यौन सम्पर्कपछि पैसा दिने क्रममा विवाद भएको र अजिताको हत्या भएको हालसम्मको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौर जानकारी दिए ।

‘चारजना युवकले अजितालाई ट्रकमा लगेर पालैपालो यौनसम्पर्क गरे । यौन सम्पर्क गर्न ७ हजारमा कुरा मिलेको रहेछ । तर, उनीहरुसँग पैसा नभएपछि भनाभन भयो । भनाभनले उग्र रुप लिएपछि अजिताको हत्या भएको देखिन्छ ।–’ तु खबरसँग कुरा गर्दै एसपी राठौरले भने ।

अजिता अत्या आरोपमा हेटौंडा–११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानले हेटौंडा–११ बस्ने युवती पाख्रिनको साथबाट अजिताको ओप्पो मोबाइल बरामद गरेको थियो । पाख्रिनलाई अजिता हत्यामा संलग्न भएका युवकले अजिताको मोबाइल दिएका थिए । पाख्रिनको साथबाट मोबाइल बरामद भएपछि प्रहरी अजिता हत्यामा संलग्न भएका युवकसम्म पुग्न सकेको हो ।

 

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*