अजिता हत्या प्रकरणः अभियुक्तको बयान बाझियो, एसपी राठौरले पत्याएनन्

तु खबर संवाददाता
२०७६ माघ २२,बुधबार १४:२०

हेटौंडा, २२ माघ । हेटौंडाकी तेस्रो लिङ्गी अजिता हत्यामा संलग्न अभियुक्तहरुलाई प्रहरीले मंगलबार सार्वजनिक गरिसकेको छ । सार्वजनिक अघि अभियुक्तीसँग लिइएको साविती बयान बाझिएको खुलासा भएको छ ।

मकवानपुर प्रहरीले मुख्य अभियुक्तको रुपमा पक्राउ गरेको हेटौंडा–९ का सिमोन परियार र हेटौंडा–४ का सुशील थापा मगरको बयान बाझिएको हो । यी दुई अभियुक्त अजिता हत्या घटनाको मुख्य योजनाकार भएको प्रहरीको दावी छ ।

प्रहरीको अनुसन्धानको क्रममा दिइएको साविती बयानमा परियार र मगरले फरक कुरा गरेको खुल्न आएको हो । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले दुई अभियुक्तको बयान बाझिएको बताए ।

एसपी राठौरले भने– ‘बयान लिँदा मगरले यौन सम्पर्क र हत्यामा आशिष बल र बुद्ध लामा दुवै संलग्न रहेको बताएका छन् ।’ तर, परियारले भने लामा र बललाई आफूले नचिनेको प्रहरीको बयानमा खुलासा गरे ।

परियारले लामा र बललाई नचिने पनि यौनसम्पर्क र हत्यामा अन्य २ संलग्न रहेको बयानका क्रममा बताएको एसपी राठौरले जानकारी दिए । परियारले ती अन्य २ लाई आफूले नचिन्ने जिकिर गर्दै आएका छन् । तर, एसपी राठौरले परियारले दिएको बयान झुठो भएको बताउँदै आएका छन् ।

प्रहरीका अनुसार परियारले घन्टाउके भनिने मगरलाई हेटौंडा बसपार्कमा भेटेपछि यौन सम्पर्क गर्ने योजना बनाएका थिए । सोही योजना अनुसार थानाभर्याङ पुगेर मगरले अजितासँग यौनसम्पर्क गर्ने भन्दै ना ६ ख ६५२७ नम्बरको ट्रकका लगेर पालैपालो यौन सम्पर्क गरे । परियार ट्रकका सहचालक हुन् ।

प्रहरीले अजितालाई यौनसम्पर्क गर्ने र हत्यामा संलग्न भएको भन्दै थप दुई युवा हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पनि पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*