हेटौंडाबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७६ फाल्गुन ७,बुधबार १६:२४

हेटौंडा, ७ फागुन । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटेबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार जिल्ला पश्चिम चम्पारण, बेतिया कालाबाघ बस्ने १९ वर्षीय सर्तोज आलम र सोही ठाउँ बस्ने १९ वर्षीय समिर आलम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ४६०४ न.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसमा सवार समिर र सर्तोजले शरिरमा प्लास्टिकको टेपले टासी लुकाई छिपाई ल्याएको २ किलो ५०० ग्राम गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, पक्राउ व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान तथा कारबार्ही भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*