हेटौंडाकी अजिताको हत्या आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तु खबर संवाददाता
२०७६ फाल्गुन १९,सोमबार १७:११

हेटौंडा, १९ फागुन । जिल्ला अदालत मकवानपुरले हेटौंडाकी तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आज सोमबार जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलाशले अजिता हत्यामा संलग्न रहेका ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । एकजना महिलालाई भने १ लाख धरौटी लिइ रिहा गर्न आदेश दिएको छ ।

अजिता अत्या आरोपी हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगर र सोनम गोलेलाई पुर्पक्षका लागि भीमफेदी कारागार चलान गरेको जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिनु भयो ।

प्रहरीले सोनमलाई अजिता हत्यामा संलग्न भएको आरोपमा पछि समातेको हो । प्रहरीले हत्या अरोपी सार्वजिनक गर्दा एलिशासहित ४ जनालाईमात्रै सार्वजनिक गरेको थियो ।

हत्या आरोपीलाई पुर्पक्षमा राखी घटनाको विषयमा विस्तृत अनुसन्धान हुनेछ ।

अजिताको माघ ४ गते थानाभर्याङमा हत्या गरी हेटौंडा–५ क्याम्पाडाँडामा शव फालिएको थियो । अजिताको हराएको मोबाइलको अनुसन्धानबाट मकवानपुर प्रहरीले हत्यामा संलग्न रहेका आरोपीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।

 

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*