अजिता हत्या प्रकरणः १ लाख धरौटी तिर्न नसक्दा एलिशा कारागार चलान
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/Ajita-hatya.jpg)
हेटौंडा, १९ फागुन । जिल्ला अदालत मकवानपुरले हेटौंडाकी तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
अजिता हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई अदालतले १ लाख धरौटीमा लिइ रिहा गर्न आदेश दिएको छ । तर, एलिशाले १ लाख धरौटी तिर्न नसक्ने बताएपछि उनलाई चितवन कारागार चलान गरिएको छ ।
अजिता हत्यामा संलग्न एक व्यक्ति एलिशाको साथी थिए । उनै साथीले अजिताको मोबाइल एलिशालाई उपहार दिएका थिए । एलिशाले उक्त मोबाइलमा सिम हालेर चलाउँदा अनुसन्धानबाट प्रहरीले पक्राउ गरेको थियो । एलिशाबाटै सबै हत्या आरोपीहरु समात्न प्रहरी सफल भएको थियो ।
४ माघ बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला पर्नु भएको अजिता भुजेलको हत्या यौन सम्पर्कपछि रकम बार्गेनिङ (विवाद)को करणले भएको खुलेको प्रहरीले जनाएको थियो । अजितालाई थानाभर्याङस्थित ट्रकमा आरोपीहरुले यौनसम्पर्क गरी पैसामा विवाद भएपछि तारले घाँटी च्यापेर हत्या गरिएको प्रहरीसँग साविती बयान दिएका थिए ।
आज सोमबार जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलाशले अजिता हत्यामा संलग्न रहेका ५ जनालाई पुपक्र्षका लागि भीमफेदी करागार पठाउन र एलिशालाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले बताउनु भयो ।
अजिता अत्या आरोपी हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगर र सोनम गोलेलाई पुर्पक्षका लागि भीमफेदी कारागार चलान गरेको जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिनु भयो ।
प्रहरीले सोनमलाई अजिता हत्यामा संलग्न भएको आरोपमा पछि समातेको हो । प्रहरीले हत्या अरोपी सार्वजिनक गर्दा एलिशासहित ४ जनालाईमात्रै सार्वजनिक गरेको थियो ।
यसरी फसिन् एलिसा
१६ दिनसम्म हत्यामा संलग्न भएकाहरुसम्म प्रहरी पुग्न सकेको थिएन । २ सय ५० जना भन्दा बढी व्यक्तिसँग प्रहरीले सोधपुछ गरेको थियो ।
प्रहरी बाटो हेर्दै थियो, अजिताको हराएको मोबाइल कहिले अन हुन्छ ? २० माघ सोमबार प्रहरीले मोबाइल अन भएको सूचना पायो । अजिताले रातो रंगको ओप्पो मोबाइल बोक्ने गरेकी थिइन् ।
सोमबार मोबाइल अन भएपछि प्राविधिक अनुसन्धानबाट मोबाइल बोक्ने व्यक्तिसम्म प्रहरी पुग्यो । प्रहरीले हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनको साथबाट उक्त मोबाइल बरामद गर्यो । एलिसाले सिमकार्ड हालेर मोबाइल अन गरेपछि प्रहरीले एलिसालाई पक्राउ गर्न समय लगाएन् ।
घटना क्रम हेर्दा अजिता हत्याका अभियुक्तहरुले उनको मोबाइल एलिसासम्म पुर्याएका थिए । आफ्नै साथी आशिषले दिएको मोबाइलको कारण एलिसालाई प्रहरी हिरासतसम्म पुर्यायो ।
पाख्रिनसँग अजिताको मोबाइल कसरी आइपुग्यो ? अनुसन्धान गर्दैजाँदा अजिता हत्यामा संलग्न रहेका हत्या आरोपी आशिष बलले उनलाई मोबाइल दिएको अनुसन्धानबाट खुल्यो ।
आशिषलाई पक्राउ गरेर सोध्दा हक्चर भनिने बुद्ध लामाले मोबाइल दिएको प्रहरीले पत्ता लगायो । लामालाई चितवनबाट पक्राउ गरी प्रहरीले सोधपुछ गर्दा अर्का व्यक्ति भापु भिनने ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको बताए ।
त्यसपछि प्रहरीले सिमोनलाई पक्राउ गर्यो । अजिताको सोही आइचर ट्रकमा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । सिमोनलाई पक्राउ गरेपछि प्रहरीले अजिता हत्याको १७ दिनपछि हत्यामा संलग्न भएकाहरुलाई पक्राउ गर्न सफल भएको हो ।
यो पनि पढ्नुहोस्
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- हेटौंडाकी तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या
- हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ
- अजिता प्रकरणः हत्याराको नजिक पुग्दै मकवानपुर प्रहरी
- अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार !
- अजिताको हत्या निर्मलाको जस्तो गुपचुप नहोस् (भिडियो समेत)
- यी हुन् अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार युवक !
- अजिता हत्या प्रकरणः अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको विशेष टोली
- हेटौंडाकी अजिताको त्यो सपना जस्को उनीसँगै ‘हत्या’ भयो
- मृतक अजिता, भुजेलबाट कसरी भइन् घिसिङ ?
- अजिता हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दै
- ४ जना मिलेर अजिताको हत्या, अभियुक्तहरु सार्वजनिक
- यौन सम्पर्कपछि रकम बार्गेनिङले लियो अजिताको ज्यान
- अजिताको हराएको फोन खुलेपछि एकैदिन यसरी समातिए हत्या आरोपी
- अजिता हत्या प्रकरणः अभियुक्तको बयान बाझियो, एसपी राठौरले पत्याएनन्
- अजिताको मोबाइल अन भएपछि फसिन् एलिसा
- हेटौंडाकी अजिताको हत्या आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश