हेटौंडाका पाठकद्वारा विवाह भोजको खर्च कटौती गर्दै शैक्षिक कोषलाई सहयोग

तु खबर संवाददाता
२०७६ फाल्गुन २०,मंगलवार १६:४२

हेटौंडा,२० फागुन । हेटौंडाका एक युवकले आफ्नो विवाहको अबसरमा शैक्षिक सहयोग अक्षय कोष नेपाल, मकवानपुरलाई डेढ लाख रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको छ ।

विवाहपछि आयोजना गरिने प्रितिभोज कार्यक्रमको खर्च कटौती गरी कोषमा हेटौंडा–६ निवासी रविन पाठकले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । रविन र रुपा चौलागाईंले सोमबार विवाह गर्नु भएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मंगलबार आयोजित एक कार्यक्रमको अबसरमा कोषका अध्यक्ष रहनु भएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

कोषले जिल्लाका गरिब, जेहेन्दार, मिनेहनी विद्यार्थीहरुको लागि सहयोग पुर्याउँदै आएको छ । पाठकले विवाहपछिको भोज कटौती गरेर विद्यार्थीहरुको शैक्षिक सहयोगको लागि योगदान गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*