कोरोना संक्रमणः सामान्य कसुरका थुनुवालाई रिहा गर्ने तयारी

तु खबर संवाददाता
२०७६ चैत्र ६,बिहीबार १५:०१

काठमाडौँ, ६ चैत्र । कोरोनाभाइरस संक्रमणको रोगथाम तथा नियन्त्रणका लागि सरकारले सामान्य कसुरका थुनुवालाई रिहा गर्ने तयारी गरेको छ ।

सरकारले जघन्य अपराधका आरोपीबाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहारलगायतका कसुरका थुनुवालाई रिहा गर्ने तयारी गरेको हो ।

यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ।

उक्त विषयमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन थालको हो ।

बिहीबार मात्रै प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*