हेटौंडाको क्याम्पाडाँडामा शव कुहिएको अवस्थामा फेला
![](https://www.tukhabar.com/wp-content/uploads/2019/02/hatya-tukhabar.png)
मकवानपुर, १८ चैत । हेटौंडा ५ क्याम्पाडाँडा पुलमुनी अन्दाजी ४५/५० वर्षको उमेरको एक पुरुषको शव फेला परेको छ । शव कुहिएर गह्हाउन थालिसकेको प्रहरीले जनाएको छ ।
शव गन्हाउन थालिसकेको कारण के भएर घटना हुन गएको हो यकिन भन्न सकिने अवस्था छैन ।
भर्खरै प्रहरी घटनास्थल पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि पनि क्याम्पाडाँडामा तेस्रो लिङ्गी अजिता भुजेलको हत्या गरी शव फालेको अवस्थामा भेटिएको थियो ।