हेटौंडाको क्याम्पाडाँडा : एकपछि अर्को ‘हत्या काण्ड’
![](https://www.tukhabar.com/wp-content/uploads/2020/03/campa-dada-photo.jpg)
मकवानपुर, १८ चैत । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ क्याम्पाडाँडामा माघ ४ गते तेस्रो लिङ्गी अजिता भुजेलको हत्या गरी शव फालिएको अवस्थामा फेला परेको थियो ।
त्यसको ठिक २ महिना १३ दिनपछि आज पुनः क्याम्पाडाँडामै सनाखत हुन बाँकी एक पुरुषको शव फेला परेको छ । प्रहरीले शव फेला पार्दा कुहिएर गन्हाउने भइसकेको अवस्थामा छ ।
शव कसेको हो, हत्या वा आत्महत्या के हो भन्ने बारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको
छ ।
प्रहरीले अहिले क्याम्पाडाँडामा घटनास्थल प्रकृति मुचुल्का, लास जाँच मुचुल्का तयार गर्ने लगायतका प्राविधिक काम गरिरहेको छ ।