अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाद्वारा कोरोना विशेष अस्पताल चितवनमा छापा

तु खबर संवाददाता
२०७७ बैशाख १६,मंगलवार १७:०१

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले चितवनस्थित कोरोना विशेष अस्पतालमा भर्खर छापा मारेको छ ।

सूचना अधिकारी शिवराज रेग्मीले कोरोना विशेष अस्पतालमा अनियमितता भएको उजुरी ग्रहण गरी छापा मारेको बताए । अहिले अस्पतालमै रहेका सूचना अधिकारी रेग्मीले आवश्यक कागजपत्र नियन्त्रणमा लिई थप अनुसन्धान लगायतका कार्य भइरहेको तु खबरलाई जानकारी दिए ।

अस्पतालमा कर्मचारीहरुले चोरी गरेको सीसीटिभी फुटेज बाहिरिएपछि छापा मारेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*