परिवारसँगै बसेर मे दिवस मनाउन मजदुरहरुलाई सौन्दर्यकर्मीको अनुरोध
मकवानपुर । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बागमती प्रदेश कमिटीले परिवारसँगै बसेर दिवस मनाउनका लागि सबै मजदुहरुलाई अनुरोध गरेको छ ।
कमिटीका अध्यक्ष गीता कडरिया मैनाली र सचिव सुजना जोशीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै कोरोना महाहारीको लडाइमा एक हुन र श्रमिकहरुको रोजगारी आय र सामाजिक सुरक्षा सुनिश्चित गर्न माग गर्नुभएको छ ।
स्वरोजगार श्रमिकका आम्दानीका श्रोतहरु ठप्प भएको र यसले आउदा दिनमा संकट निम्ताउने भएकोले सम्बन्धित निकायको बिज्ञप्ती मार्फत ध्यानकर्षण समेत गराइएको छ ।
सौदर्यकर्मीहरु पनी समाजिक सुरक्षामा आबद्द हुनुपर्ने माग समेत विज्ञप्ती मार्फत गरिएको छ ।