पहिरोले पुरिएर मकवानपुरका खनालको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/10/rip-1.png)
मकवानपुर । काठमाडौँबाट इपातर्फ जाँदै गरेका एक जनालाई पहिरोले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
गएराती बा ४४ प ६०८५ नम्वरको मोटरसाइकलमा सवार भीमफेदी गाउँपालिका वडा नम्वर ८ बस्ने बर्ष २३ को कृष्ण खनाललाई पहिरोले पुरेको हो ।
पहिरो कोगटे खोला नजिकैको भीरबाट खसेको थियो ।
मृतक खनालको शव पोष्टमार्टम्का लागि हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याउँदै गरिएकोसमेत प्रहरीले जनाएको छ ।