फेरि सम्पत्तिको स्वघोषणा गर्न दिऔं : बाबुराम भट्टराई

तु खबर संवाददाता
२०७७ जेष्ठ १८,आईतवार १३:३२
file-photo

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्राईले प्रतिनिधिसभामा आर्थिक बर्ष ०७७/०७८ को बजेटमाथिको छलफलमा सहभागि हुँदै एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताएका छन् ।

उनले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिएका हुन् । त्यसो गर्दा राजश्व बढ्ने उनको भनाई छ ।

यसअघि भट्टराई अर्थमन्त्री भएका बेला २०६५ सालमा पनि सम्पत्तिको स्वघोषणा गर्ने योजना ल्याएका थिए ।

समाजवादी पार्टीको नेता भट्टराईले सम्पूर्ण नागरिकको सम्पत्ति अभिलेखीकरण गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

अर्बौ सम्पत्ति जमिनमा लगाउने र त्यसको कर नतिर्ने प्रवृत्ति देखिएको भन्दै उनले नागरिकको सबै सम्पत्ति अभिलेखीकरण गरी कर लगाउनुपर्ने बताएका हुन् ।

व्यवसाय गर्‍यो भने कर लाग्ने, जग्गा किन्दा र घर बनाउँदा नलाग्ने प्रचलन अन्त्य गर्नुपर्ने भट्टराईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*