राजेन्द्र महतोले भने– राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुँदैन, जसरी भए पनि भूमि फिर्ता ल्याउनैपर्छ

तु खबर संवाददाता
२०७७ जेष्ठ ३१,शनिबार १४:४१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले लिम्पियाधुरासम्मको भूमि नेपालकै भएको जसरी भए पनि फिर्ता ल्याउनुपर्ने बताएका छन् ।

नेता महतोले शनिबार संविधान दोस्रो संशोधन विधेयक प्रस्तावमाथिको छलफलमा राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुन नसक्ने भन्दै नेपाली भू–भाग फिर्ता ल्याउने पर्ने बताएका हुन् ।

उनले भूमि फिर्ता ल्याउन आफुले सरकारलाई सक्दो सहयोग र साथ दिने बताए ।

राष्ट्रियतासँग जोडिएको अत्यावश्यक विषय भएकाले संविधान संशोधनको पक्षमा आफूहरू उभिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*