बागमती प्रदेश प्रमुख प्रसाईँद्वारा दुई वटा विधेयक प्रमाणिकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज बिहिबार दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् । प्रमुख प्रसाईँले नेपालको संविधानको धारा २०१ को उपधारा (२) को अधिकार प्रयोग गरी बागमती प्रदेश सभा बैठकबाट पारित भइ आएको दुई वटा विधेयक प्रमाणिकरण गरेका हुन् ।
प्रदेश प्रमुख प्रसाईँले प्रदेश सरकारको आव ०७७/०७८ को लागि सेवा र कार्यहरुप्रति बागमती प्रदेश सरकारको संञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्न बनेको व्यवस्था विधेयक २०७७ र प्रदेश सरकारको अर्थ सम्बन्धित प्रस्ताबलाई कार्यान्वय गर्न बनेको विधेयक २०७७ लाई प्रमाणिकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश कुमार तामाङले बताए ।
उक्त विधेयक बिहिबार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठकबाट पारित भइ आएकोले रुजु गरी प्रदेश प्रमुख प्रसाई समक्ष प्रमाणिकरणको लागि प्रदेश प्रमुख सचिवालयमा पठाएका थिए ।