ध्रुबराज ढकाल : रेडियो संचालकदेखि सांसदको उम्मेदवारसम्म
हेटौँडा, १६ कात्तिक । वि.सं. २०३९ साल असारमा मकवानपुरको उत्तरी क्षेत्र पालुङमा जन्मिएका ध्रुबराज ढकाललाई नयाँ शक्तिबाट मकवानपुरमा प्रदेश सभा क्षेत्र नम्बर २ को (क) बाट उम्मेदवार भएका छन् ।
सामुदायिक रेडियो प्रशारक संघको केन्द्रीय सदस्य तथा प्रेस सोसाइटीका केन्द्रीय सदस्य रहेका ढकाल रेडियो पालुङको स्टेशन म्यानेजर छन् ।
२०५७ बाट राजनीतिमा सक्रिय रहेका उनी नयाँ शक्तिको स्थापनाकालबाट जिल्ला अभियन्ताका रुपमा क्रियाशील छन् । व्यवस्थापन विषयमा स्नातक गरेका ढकालको बुबाको नाम बलराम ढकाल हो भने आमाको नाम शारदा ढकाल हो । सञ्चार उद्यमीको रुपमा नयाँ शक्तिले ढकाललाई अघि बढाएको हो ।
हेटौंडाबाट संचालनमा रहेको शक्ति एफएमको सुरुवातीमा ढकाल आवद्ध थिए । ढकाललाई नयाँ शक्तिले उम्मेदवार बनाएपछि उनी आन्तरिक छलफलमा ब्यस्त रहेका छन् ।