बिष्णु विष्ट आदर्श आफ्नैबाट सधैभरि ‘कर्नरमा’ 

तु खबर संवाददाता
२०७४ कार्तिक १७,शुक्रबार ०४:५२

मकवानपुर / आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मकवानपुरमा बिभिन्न दलहरुले आ आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराइरहँदा माओवादी केन्द्रका एक जना पुराना नेता यसपटक पनि समेटिएनन् ।

द्वन्द्वकालदेखि नै माओवादीलाई बचाउँदै अहिलेको अवस्थासम्म ल्याइपुर्याउने उत्तरी क्षेत्र पालुङका ती नेता हुन् बिष्णु बिष्ट आदर्श । माओवादी युद्ध तिब्र भइरहँदा मकवानपुरको उत्तरी क्षेत्रमा आदर्शको नाम एक नम्बरमै आउँथ्यो । थुप्रै जटिल परिस्थितिमा पनि आदर्शले पार्टी निर्णय माने तर आजसम्म थुप्रै अवसर आए तर आदर्श कहिल्यै त्यसमा अटाएनन् ।

माओवादीको उभार आएको बेला पहिलो संविधानसभा निर्वाचन २०६४ मा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य उम्मेदवार हुने पक्का अवस्थामा आदर्श थिए तर अन्तिम समयमा प्रेमबहादुर पुलामी छिन्तुले उनलाई पाखा लगाइदिए । त्यतिबेला छिन्तु उठ्छन् भने म छोडिदिन्छु भनेर उनी पनि शान्त भए । निर्वाचनमा पूराका पूरा होमिए । दोस्रो संविधान सभा निर्वाचन २०७० मा पनि उनै आदर्श उम्मेदवार बन्ने लाइनमा
थिए । संयोगवस सोही क्षेत्रबाट नारायण काजी श्रेष्ठ उम्मेदवार हुने भएपछि बडे नेताको मान राख्न आदर्शलाई त्यतिबेला पनि पाखा लगाइयो । माओवादीको २ नम्बर निर्वाचन क्षेत्रका संयोजक रहेका आदर्शलाई त्यतिबेला पनि ब्याक गरियो । चुनावमा एमालेका सुवास चन्द ठकुरीसँग पराजीत भएपछि नारायणकाजीले मकवानपुर आउने बाटो लगभग बिर्सिए ।

संविधान जारी भएपछि स्थानीय तहको निर्वाचन आयो । थाहा नगरपालिकाको मेयरमा आदर्शलाई उठाउने चर्चा चल्यो । लामो राजनीतिक लगानीबाट आएका आदर्श स्थानीय तहको निर्वाचनमा पनि कर्नरमा परे । उम्मेदवार हुन पाएनन् ।

अहिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको हिजो उम्मेदवारी दर्ता
गरियो । फेरि पनि ती आदर्श पाखा पारिए । उनले यसपटक उम्मेदवार हुन पाउने आसा राखेका उनका समर्थक निरास भए । सो क्षेत्रबाट कुमारी मोक्तानले टिकट पाइन् । निर्वाचन क्षेत्र नं. २ को (क) मा कुमारी मोक्तानलाई जिताउन तिनै आदर्शलाई राजनीतिक परिचालन कमिटीको संयोजकमा थन्काइएको छ । प्रेमबहादुर पुलामी र कुमारी मोक्तानले आदर्शहरुको योगदान सम्झिएनन्, माओवादी कार्यकर्ताको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*