फेरि २ साता लकडाउन गर्न विज्ञहरुको सुझाव, प्रधानमन्त्री सकारात्मक
काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै विज्ञहरुले फेरि लकडाउन गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।
विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको स्रोतले जनाएको छ ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।
ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बैठक बोलाएका हुन् । प्रतिपक्षी दलका तर्फबाट देउवा र ठाकुर सुझाव दिएर बाहिरिएको भएपनि विज्ञहरुसँगको छलफल अझै जारी छ।