महासंघमा तीनको उम्मेदवारी
हेटौंडा,चैत २५ । नेपाल उद्योग बाणिज्य महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका व्यवसायी अरुणराज सुमार्गीले उम्मेदवारी दिने भएका छन् । त्यसै गरी महासंघको चैत २८ गते हुने अधिवेशनमा खुला तर्फ मकवानपुरका दुई जना व्यवसायीले केन्द्रीय सदस्यमाा उम्मेदवारी दिने तय भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ र वर्तमान अध्यक्ष राजकुमार न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकाा हुन् । तीनै जना उम्मेदवारहरु आफ्नो जित निश्चित गर्न आवश्यक गृहकार्यमाा जुटेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने कार्यकालमा विवादित छन् । एकलौटी रुपमा संघ चलाएको र टिम वर्क नगरेको आरोप न्यौपानेले खेपेका छन् ।