विपद्का घटनामा परी बैशाखयता मात्रै ३९८ जनाको मृत्यु

काठमाडौं । विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३९८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको विपद्का कारण देशभर ३९८ जनाको मृत्यु भएको हो ।
त्यस्तै, विपद्का कारण बैशाखयता १०४ जना बेपत्ता र ४२९ जना घाइते समेत भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार गत जेठ ३० गतेयता मात्रै पहिरोबाट २८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् ।
यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा चट्याङ लागेर ८६ जना घाइते समेत भएको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणको मनसुन भएयताको तथ्यांकमात्रै हेर्दा पनि ३६३ को मृत्यु, १०३ बेपत्ता र ३१७ जना घाइते देखिन्छ ।