खेलकुद

महिला टी–२० आई श्रृंखलाः नेपालको लगातार तेस्रो हार

काठमाडौं । काठमाडौंमा जारी महिला टी–२० आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलितउत्त, महिला–२० आई श्रृंखलामा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सफल भयो...

बागमतीलाई खेलकुदको हब बनाउँछौँः मन्त्री महर्जन

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउनुपर्ने बताएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ द्वारा आयोजित वडा कप फुटबल, पालिका स्तरीय महिला भलिबल, पुरुष भलिबल प्रतियोगिताको विजेता टिमलाई पुरस्कार प्रदान गर्दै मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाउन आफूले काम गरिरहेको...

मन्त्री महर्जनले गरे राईजिङ भरतपुर गोल्डकपको उद्घाटन

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप सुरु भएको छ । शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग समन्वय गर्न बागमती सरकार तयार रहेको बताए...

विश्वकपमा नेपालको पहिलो जित

काठमाडौं । नेपाली यु–१९ महिला टिमले विश्वकपमा पहिलो जित हाँसिल गरेको छ । समूह चरणका तीन खेलमा लगातार पराजित भएको नेपालले प्लेअफ म्याचमा मलेसियालाई हराउँदै पहिलो जित हाँसिल गरेको हो । नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । यसअघि समूह चरणको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको...

प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

मकवानपुर । प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा १२ खेलकुद विकास समितिको आयोजना हुन लागेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत् यही माघ १६ गतेदेखि १९ गतेसम्म हेटौंडा–१२ स्थित बुद्ध मावि हात्तीगौँडामा उक्त प्रतियोगिता हुन लागेको जानकारी...

यू–१९ महिला विश्वकपः नेपालले स्कटल्याण्डसँग हार्यो

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तरगत आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग हारेको छ । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेलेमा पराजित भएको हो । दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने तयारी थियो । तर यो सम्भवन हुन सकेन । यससँगै पालको सुपर सिक्समा पुग्ने...

यू–१९ महिला विश्वकपः नेपालले आज स्कटल्याण्डसँग खेल्ने

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ अन्तरगत नेपालले आज स्कटल्याण्डसँग खेल्ने भएको छ । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुने जनाइएको छ । नेपालको कप्तानमा पुजा...

भिमान कपको उपाधि मनहरी–७ लाई

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा भएको दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिताको उपाधि मनहरी–७ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चुरियामाई एफसी रमौली मनहरी–७ लाई पराजित गर्दै मनहरी–७ ले उपाधि हात पारेको हो । प्रतियोगितामा मनहरी–७ ले चुरियामाई एफसी रमौलीलाई ३–१ गोलले पराजित गरेको...

खो खो विश्वकपको उपाधिका लागि नेपाली टोली भारतसँग भिड्दै

काठमाडौं । भारतमा जारी पहिलो खो खो विश्वकपमा नेपाली टोलीले आज भारतसँग भिड्दैछ । आज साँझ हुने फाइनल खेलमा नेपाली पुरूष र महिला दुवै टोलीले आज भारतसँग भिड्न लागेको हो । जसनुसार, महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुने भने पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८ः१५ बजे सुरु हुनेछ ।...

महिला टी–२० विश्‍वकपः नेपाल पराजित

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप अन्तरगत आजको खेलमा नेपाल पराजित भएको छ । नेपाल बंगलादेशसँग पराजित भएको हो । नेपाललाई बंगलादेशले ५ विकेटले पराजित गरेको हो । नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि सादिया अक्तरले...