विचार

सहिद स्मारकमा एक साँझ

वर्तमान हेटौँडेली पहिचानको एक विशिष्ट अंग बनेको सहिद स्मारकमा पहिलोपटक सन्ध्यारमण गर्ने मौका आउन लागेकोमा उत्साहित थिएँ । स्मारकको शिलान्यासदेखि अझ सहिद स्मारक भनेर चिनाउने मूल जुन पवित्र पत्थर बनेको छ, त्यस पत्थरले सरस्वतीटोलको सरस्वती खोलाबाट मुक्ति पाउँदै गर्दाको साक्षी रहेको हुनाले यससित मेरो आफ्नै आत्मीय सम्बन्ध पनि रहेको...

स्वदेशमै टिक्ने र बिक्ने भए विदेश किन जानु ?

हाम्रो देश नेपाललाई कृषिप्रधान मानिन्छ । यहाँका जनसंख्याको ठूलो भाग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा आश्रित भएकाले नेपाललाई कृषिप्रधान देश भनिएको हो । तर यसो भनिएपनि यस पेशाको भरमा जीवन निर्वाह हुने अवस्था नभएको भन्दै दिनानुदिन देश छोड्नेको सङ्ख्या बढ्दो छ । कृषि पेशामा आश्रित भइरहेका वा कृषि कर्ममै...

गोमायु महाचीलः संकटापन्न प्रजाति र यसको संरक्षण चुनौतीहरु

परिचय गोमायु महाचीलः (स्टेप्पे ईगल, अक्विला निपलेन्सिस) दक्षिण एशियाका जैविक विविधताले भरिपूर्ण क्षेत्रहरूमा पाइने चरा प्रजाति हो, जुन नेपालमा विशेष गरी हिउँदे आगान्तुक चराहरुको रुपमा देखा पर्छ । यसको प्रजनन्का लागि मध्य एशियाका घाँसेमैदानहरू मुख्य क्षेत्र हुन् । जसमध्ये मंगोलिया, रुस काजाकिस्तान र चीन उल्लेखनीय छन् । हिउँद सुरु...

‘अनुभूतिका आँखाहरू’को बोध र अभिव्यक्ति

प्रवेश मकवानपुरे साहित्यिक उर्वरभूमिमा सिर्जनामा रमाइरहेका सर्जक हुन् सेवा निवृत्तअध्यापक ऋषिराम पोखरेल ‘बकिमहे’ । बकिमहे संक्षेप हो पोखरेलको जन्मस्थल बटेश्वर, हुर्केको ठाउँ किसाननगर तथा जीवनवृत्तिको भूमि मकवानपुर हेटौँडाको । दशकौँदेखि साहित्य सिर्जनामा रहेका, फाट्टफुट्ट प्रकाशन गर्दै आएका पोखरेलको पहिलो प्रकाशित कृति हो – ‘अनुभूतिका आँखाहरू’ । कथाजस्तो लाग्ने यथार्थ,...

‘अराजक आमाहरु’को सन्दर्भमा

१. विषय प्रवेश नेपाली साहित्यको काव्यफाँटमा आफ्नो दमदार उपस्थिति जनाइरहेकी एक सशक्त मकवानपुरे कवयित्री हुन् अनिता न्यौपाने । चिनाइरहनु पर्ने नाम होइन कविता पाठकका लागि, यद्यपि न्यौपानेले आफूलाई अब्बल साबित गरिसकेकी छन् आख्यानमा पनि । अन्यान्य विधा–उपविधमा पनि सिर्जना आएको देखिए पनि न्यौपाने मूलतः हुन काव्यधाराका उज्ज्वल हस्ताक्षर ।...

यश लामाको ‘अगुल्टो नाच’ हेरेपछि

प्रवेश मकवानपुरे साहित्यिक क्षेत्रका परिचित सर्जक हुन् यश लामा । पेसाले अध्यापक लामा गर्दछन् समसामयिक विषयमा फरक धारका कविता सिर्जना । अनि गर्दछन् समसामयिक यथार्थमाथि चोटिलो प्रहार । समयको आवाजलाई पार्दछन् बुलन्द । आफूलाई कवितामा बढी चिनाएको भए पनि छन् उनी अन्यान्य विधामा पनि सिद्धहस्त । मनका गुम्फन, असन्तुष्टि...

कौशल पाण्डेको बहु आयामिक व्यक्तित्वको चिनारीः ‘स्मृतिका पानाहरू’

 मकवानपुर । कतिपय मानिसले आफ्नो जीवनमा कुनै परिचय बनाउन पाउँदैन । परिचय बनाउन नपाइकन उसको जीवन व्यतीत हुन्छ र कतिपय मानिस यस्ता हुन्छन् जसका एकभन्दा बढी व्यक्तित्व समाजमा स्थापित हुन पुग्दछन् । एकभन्दा बढी व्यक्तित्व बनाउन सक्ने व्यक्तिलाई बहुमुखी प्रतिभा भनिन्छ । बहुमुखी प्रतिभा आज भोलि कम भनिन थालिएकोमा...

साहित्यकार बबी थापाको ‘सूत्र’ को संङ्क्षिप्त विश्लेषण

मकवानपुर । गत दशकमा जागरुक महिला सम्मानबाट सम्मानित भइसकेकी एक सशक्त साहित्यकार हुन् बबी थापा । करिब तीन दशकदेखि मकवानपुरे साहित्यमा निरन्तर लाग्ने हस्तीमा पर्ने नाम हो बबी थापा । साहित्यिक तथा सामाजिक काममा निरन्तर सक्रिय बबी थापाका रचनाहरु विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । साहित्यकार थापाको प्रकाशित कृतिबारे...

सुशीलराज गिरीको ‘आन्दोलन’

मकवानपुर । रामबाण द्वैमासिक व्यङ्ग्यपर्चाको धनुः २, बाणः १, कुलबाणः ७, वैशाख–जेठ २०६१ को पृष्ठ ५ मा प्रकाशित छ, सुशीलराज गिरीको ‘आन्दोलन’ । यस अंकमा आरसी रिजालको जरिवाना लघुकथा, सञ्जय साहको असल संस्कृति लघुकथा, सुमन झापालीको कल्ले जान्नु लघुकथा, गोविन्दराज विनोदीको अन्तर्वार्ता, रामकुमार एलनको घटनाक्रम लघुकथा, शरण बानियाँको गजल,...

इमानको हेटौँडा

अहिले म त्यो दिन सम्झिरहेको छु, जुनदिन हेटौँडा पहिलोचोटि पुगेको थिएँ । हेटौँडा पुग्नुको आफ्नै स्मृति छ । यो स्मृतिले मलाई पवित्र पार्दछ । जहिले मलाई उक्त दिनको स्मृति हुन्छ, मलाई त्यो क्षणको सम्झना हुन्छ जतिबेला मेरो मस्तिष्कमा हेटौँडाको चित्र उतारिँदै थियो, म पुग्दै नपुगेको हेटौँडाले मेरो मस्तिष्कमा एउटा...