राजनीति/ समाज
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन समितिले जानकारी दिएको छ...
सरकारलाई दिएको समर्थन कायमै : जसपा नेपाल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले अहिलेलाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नभएको...
प्रहरी विधेयकमा परे ४३ संशोधन प्रस्ताव
काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत भएको नेपाल प्रहरी विधेयक २०८१ मा अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । संघीय संसद् सचिवालय अन्तर्गत प्रतिनिधि सभाको विधेयक शाखाले दिएको जानकारी अनुसार, हालसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ ७ बजेर २ मिनेटसम्म रहेको शाखाले...
सातै प्रदेशमा अभियान संचालन गर्दै कांग्रेस
ललितपुर । नेपाली कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्दैछ । पार्टीले गरेका सकारात्मक काम र ती कामबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालन गर्ने तयारी गरिएको कांग्रेस केन्द्रीय सदस्य एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए...
स्ववियु चुनावमा उम्मेदवारी नदिने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा उम्मेदवारी नदिने निर्णय गरेको छ । रास्वपाले दलगत हुने गरी उम्मेदवार खडा नगर्ने तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ...
राप्रपाले कार्यसम्पादन समिति बैठक बोलायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बालाइ्एको छ । बैठक यही फागुन १५ गते बस्ने गरी बोलाइएको हो । बैठक नियमित भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बैठकमा पार्टीको यसअघि भएको अधिवेशन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुनेछ । यस्तै, पूर्वराजा...
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज विदुर सापकोटाको निधन भएको छ । सापकोटाको बिहीबार बिहान ३ः ५० बजेको समयमा मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना गरिरएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो...
‘सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध हो’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको बताएका छन् । पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘जो व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पैसा पनि आफ्नो लागि खर्च गर्छ, त्यो भन्दा...
प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोजलगायतको क्षेत्रमा योगदान पुर्याउने नागरिकलाई उक्त पुरस्कार दिने घोषणा...
भारत जाँदै कांग्रेस सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाँदैछन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सभापति देउवा इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने...