राजनीति/ समाज

एउटा फोटोको बिम्ब

एमालेसँग पार्टी एकता गर्न लागेको एकीकृत नेकपा माओवादीका महासिचव रामबहादुर थापा ‘बादल’ले गृहमन्त्राल सम्हाले लगत्तै माओवादीको ‘पुरानै’ आन्दोलनलाई निरन्तरता दिन प्रयासरत नेपाल माओवादीबाट नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टीको नामबाट गतिविधि गरिरहेको संगठनका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पूर्जी जारी भयो । विप्लवको नाममा पक्राउ पूर्जी जारी भएपछि...

माननीयको ‘हिन्दी मोह’ : मातृभाषा छाडेर हिन्दीमा सपथ

काठमाडौं–प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यले फागुन भोलि गते सपथ लिँदैछन् । सवै सदस्यले आफुले कुन भाषामा सपथ लिने भन्ने जानकारी संसद सचिवालयमा गराईसकेका छन् । यसका लागि सचिवालयले शुक्रवारसम्म निवेदन मागेको थियो । ३३४ संसदमध्ये ४२ जनाले विभिन्न ‘मातृभाषा’ मै सपथ लिने निवेदन दिएका छन् । नेपाली भाषापछि सबैभन्दा बढी...

कर्मचारी चाहियो भनेर जानकारी गराउँदा केन्द्रले गर्यो बेवास्था -मुख्यमन्त्री पौडेल

नुवाकोट, १९ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताउनु भएको छ । जिल्ला समन्वय समिति नुवाकोटले आज विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन...

गृहमन्त्रीद्वारा अनुसन्धान विभागको निरीक्षण

काठमाडौँ, १९ फागुन । गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताउनुभएको छ । विभागको आज निरीक्षण गर्नुहुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्राप्त गरेको उपलब्धिको रक्षा एवं सुदृढीकरण गर्ने मूल जिम्मेवारी पनि निर्वाह गर्न अनुरोध गर्नुभयो ।...

किन पिरोलियो प्रदेश नं ३ ?

काठमाडौँ, १९ फागुन । संविधानले तीन तहको सरकार रहने व्यवस्था गरेअनुरुप कार्यान्वयनमा ल्याएको संघीयता कानूनको अभावमा प्रभावकारी बन्न सकेको छैन । कर्मचारी तहमा रहेको केन्द्रीकृत कार्यशैली र संघीय संयन्त्रले स्पष्ट निर्देशन नदिँदा प्रदेश सरकार प्रभावकारी हुन नसकेको र जनअपेक्षाअनुसार परिवर्तनको महसुस गराउन नसकिएको हो । प्रदेश सरकारका कतिपय कार्यालयको...

संसदीय गतिविधिमा एकरुपता ल्याउन दुई दलका सांसदको प्रशिक्षण शुरु

काठमाडौँ, १९ फागुन । सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ । संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागेको हो । प्रशिक्षणमा...

सरकार जनताप्रति उत्तरदायी हुन्छ –प्रम ओली

काठमाण्डौ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी हुने बताएका छन् । आज शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारको सम्पुर्ण प्रयास नेपाल देशको विकास र समृद्धिका लागि हुने बताए । ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका...

स्थापितलाई निलम्बन गर्न मुख्यमन्त्री पौडेलमाथि दवाब

-चन्द्र घलान मकवानपुर, १८ फागुन । प्रदेश नम्बर ३ मा भौतिक पुर्वाधार विकास मन्त्री बनेका नेकपा एमालेका केशव स्थापितले मकवानपुरको हेटौँडाबाट ३ नम्बर प्रदेशको राजधानी सार्नुपर्छ भन्दै ठाउँ–ठाउँमा सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका छन् । हेटौँडालाई प्रदेश राजधानीका रुपमा अस्थायी रुपमा तोक्ने बेलामा पनि उनै स्थापितले विरोध गरेका थिए ।...

मुख्यमन्त्री पौडेलले मुख खोले–‘ हेटौँडाबाट राजधानी सार्न नदिन दुई तिहाई पुग्न नदिने रणनीतिमा छौँ’

मकवानपुर, १७ फागुन । मुख्यमन्त्री र राजधानी मध्ये कुनै एक छोड्नुपर्ने शर्तमा एमालेका नेता तथा केन्द्रबाट नै चेपुवामा परेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्ततः राजधानीका बारेमा मुख खोलेका छन् । उनले राजधानी सार्न नदिन एक रणनीति तयार भएको खुलासा गरेका हुन् । पछिल्लो समय मकवानपुरमो पर्यटकीय...

प्रदेश नम्बर ३ को बैठकद्वारा ४ निर्णय पारित

मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ को मन्त्रीपरिषदको बैठक बुधबार साँझ भएको छ । बैठकले ४ वटा निर्णयहरु गरेको छ । आज नियुक्त भएका ४ मन्त्रीहरुको शपथ ग्रहण गरेसँगै भएको बैठकले ४ वटा निर्णयहरु गरेको हो । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सात सदस्यीय मन्त्रीपरिषद बैठकले कानुन मस्यौदा...