राजनीति/ समाज
राजतन्त्रको वकालत गर्नेहरु गणतन्त्रमा स्विकार्य हुँदैन : कृष्णप्रसाद दाहाल
हेटौँडा, २० कात्तिक । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले राजतन्त्रको वकालत गर्दै हिँड्नेहरु गणतन्त्रमा अव स्विकार्य नहुने भन्दै मकवानपुरका जनताहरु यस्ता प्रबृत्ति विरुद्ध सचेत हुनुपर्नेमा जोड दिएका छन् । आईतबार बाम गठवन्धनले हेटौँडामा गरेको क्षेत्र नंबर १ स्तरीय भेलालाई संबोधन गर्दै दाहालले मुलकले स्थायी सरकार...
एमालेका मंगले मोक्तान काँग्रेसमा
मकवानपुर । नेकपा एमाले साबिक डाँडाखर्क गाउँ कमिटिका उपाध्यक्ष मंगले मोक्तान नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै स्थानीय निर्वाचनमा कैलाश गाउँपालिका वडा नम्बर २ बाट महिला सदस्यको उम्मेदवार बनेकी सरिता थापा मगरका साथै निमलाल मोक्तान पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा पूर्व गृहराज्यमन्त्री तथा प्रदेशसभा उम्मेदवार...
एमालेका रामेश्वर, श्रीधर र विष्णु ओझा अब कता ?
मकवानपुर । एमाले मकवानपुरका प्रभावशाली नेताहरु आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पाखा पारिए । यसअघि मेयर निर्वाचनमा पनि अन्तिम समयमा आएर धोका पाएका श्रीधर पोखरेल, बिष्णु ओझालगायतका नेताहरुले यो निर्वाचनमा टिकट पाउने चर्चा थियो । नेकपा एमालेका नेता तथा पूर्व जिविस सभापति रामेश्वर रानालाई इमान्दार नेताको रुपमा चर्चा...
२०७० मा चुनाव बहिस्कार गरेकी कुमारी मोक्तान २०७४ मा उम्मेदवार
हेटौँडा, १९ कात्तिक । वि.सं. २०७० सालमा चुनाव बहिस्कार गरेकी माओवादी केन्द्र मकवानपुरकी जिल्ला इन्र्चाज कुमारी मोक्तानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्वर २ को (क) मा उम्मेदवारी दिएकी छिन् । माओवादीको स्थापनाकाल देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेकी उनले आफ्नो जिवन राजनीतिमै समर्पित...
राजन मैनालीको विगत र वर्तमान : सामाजिक सेवादेखि राजनीतिसम्म
हेटौँडा, १९ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति नेपाल मकवानपुरबाट राजन मैनालीले प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवारी दिएका छन् । २०३९ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मैनाली हाल सम्म आउँदा राजनीतिसँगै विभिन्न सामाजिक सेवाका क्षेत्रमा समेत जोडी सकेका छन् । मैनालीको जन्म...
एमाले प्रवेश : बर्तौलाका लागि सुपर मार्केट लक्ष्य अधिकारीका लागि फर्किएको खोला
हेटौँडा, १९ कात्तिक । नयाँ शक्ति विद्यार्थी युनियनमा रहेर विद्यार्थीको हकहितका लागि लडेर सफल समेत भएका अमृत बर्तौला र गिरिजा अधिकारीले एमालेमा प्रवेश गरेसँगै एमाले प्रवेशको राज खोलेका छन् । एमालेमा प्रवेश गरेका बर्तौलाले तिखो व्यङ्ग्य गर्दै भने–‘हामी सुपर मार्केट चलाउने उदेश्यले लागेका थियौँ तर खुद्रा पसल खोलेर सुपर...
मकवानपुरमा राप्रपालाई झट्का, काँग्रेसले तोड्यो गठबन्धन
हेटौँडा, १३ कात्तिक । मकवानपुरमा राप्रपा एक्लै परेको छ । नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै राप्रपासँग कुनै पनि हालतमा गठबन्धन नगर्ने भन्दै एक्लै चुनाव लड्ने निर्णय गरेपछि राप्रपा एक्लै भएको हो । नेपाली काँग्रेसको जिल्ला कार्य समितिले विभिन्न चरणका छलफलपछि मकवानपुरमा राप्रपासँग तालमेल गर्न नसकिने जनाएको हो ।...
‘कमल थापासँग मिल्न नैतिकताले नै दिँदैन’–भिमसेन महत
हेटौँडा, १३ कात्तिक । नेपाली काँग्रेसका युवा नेता भिमसेन महतले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापासँग गठबन्धन गर्न नैतिकताले नदिने बताएका छन् । आज नेपाली काँग्रेस मकवानपुरले बाम गठबन्धनमा नजाने विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको जीत र हार भन्दा पनि राप्रपासँग गठबन्धन गर्न काँग्रेसलाई नैतिकताले नै...
काँग्रेसका राजन भन्छन्–’बरु हात काट्छु कमल थापालाई भोट हाल्दिनँ’
हेटौँडा, १३ कात्तिक । नेपाली काँग्रेसका जिल्ला सदस्य राजन खरेलले राप्रपाका अध्यक्ष कमल थापालाई भोट हाल्नुभन्दा आफु हातै काट्न तयार रहेको बताएका छन् । आज राप्रपासँग गठबन्धन तोडेको विषयमा नेपाली काँग्रेस मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले राप्रपालाई भोट हाल्नु भनेको घाँस खाने तर दुध नदिने गाईलाई भोट...
नेपाल शिक्षक संघ मनहरीमा सुशील गौतम
मनहरी, १८ कात्तिक । नेपाली काँग्रेस निकटको नेपाल शिक्षक संघ मनहरीको पहिलो गाउँपालिका अधिवेशन भएको छ । अधिवेशनले संघको मनहरी गाउँपालिका अध्यक्षमा सर्वसम्मत सुशील गौतमलाई चयन गरेको छ । संघको नयाँ कार्य समिति सबै सर्वसम्मत चयन भएको जनाइएको छ । संघको उपाध्यक्षमा जयराम अधिकारी, महिला उपाध्यक्षमा जमुना रुपाखेती, सचिव...