राजनीति/ समाज

एकीकृत समाजवादीको बैठक माघ २८ देखि

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन २ सम्म केन्द्रीय कमिटी बैठक बस्ने गरी बोलाएको महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार, बैठकमा पछिल्ला...

पूर्वाधार विकास समितिको बैठक स्थगित

रमेश फुलेल काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बुधवार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भए पनि १२ जना मात्रै सांसद उपस्थित...

ल्होछारको अवसरमा चियापान तथा शुभकामना कार्यक्रम

मकवानपुर । नेपाली कांग्रेसको जातीय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । बुधबार तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री सम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । नेपाली कांग्रेस मकवानपुरको...

‘सहिदहरुको योगदानको कदर गर्नसके मात्रै प्रजातन्त्रको भविष्य उज्वल हुन्छ’

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सहिदहरुले राष्ट्रको लागि दिएको योगदानको कदर गर्नसके मात्रै गणतान्त्रिक प्रजातन्त्रको भविष्य उज्वल हुने बताएका छन् । प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश सरकारद्वारा आज हेटौंडामा सहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको स्वतन्त्रता र प्रजातन्त्रको पुनस्थापनाको लागि...

रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुती, एजेण्डा र प्राथमिकताबारे छलफल हुने जनाइएको छ । संसदको हिउँदे अधिवेशन माघ...

बागमती प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सहिदहरुको योगदानलाई उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात...

हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने

मकवानपुर । मकवानपुरको हेटौंडामा आगामी फागुनमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघ मकवानपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । संघले आगामी पाmगुन ६ गतेदेखि १८ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएका...

बागमती प्रदेश प्रमुखद्वारा प्रदेश सभाको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रदेश सभा बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकबाट सिफारिस भई आएबमोजिम यही माघ १८ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुख देबकोटाले नेपालको संविधानको धारा १८३...

प्रेस सेन्टर स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

मकवानपुर । प्रेस सेन्टर मकवानपुरले हेटौंडामा मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले तथ्यपूर्ण र जनपक्षिय पत्रकारितामा जोड दिएका छन् । हाल सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट र...

समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया कार्यक्रम आज हुँदै

काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया कार्यक्रम आज हुँदैछ । यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम एक दिन अघि सारेर आज गर्न लागिएको हो । नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले बुधबार सबै हल बुकिङ भइसकेकाले कार्यक्रम मंगलबारका लागि सारिएको जानकारी दिए । कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो...