समाचार

दुर्घटनामा परेर तीन जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बू रहेका छन्...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापीय प्रणाली अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।...

एमालेको जनजागरण सभा आज

काठमाडौं । नेकपा एमालेले आज जनजागरण सभाको आयोजना गरेको छ । सो सभा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन एमाले जिल्ला कमिटीको आयोजनामा गर्न लागिएको हो । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सो सभा दरबारमार्गमा आयोजना गर्ने भएको हो । सभा अघि र्याली हुनेछ । भद्रकालीबाट सुरु हुने सो र्याली...

आज हेटौंडाको यी फिडरमा विद्युत अवरुद्ध

मकवानपुर । आज हेटौंडाको विभिन्न फिडरमा बिहानैदेखि विद्युत अवरुद्ध भएको छ । बिहान ६ बजेदेखि अवरुद्ध भएको विद्युत साँझ ६ बजेसम्म कायमै रहने नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र हेटौंडाले जनाएको छ । विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमार्फत् जारी गरेको सूचना अनुसार, आज वंशगोपाल, सानोपोखरा, भैंसे तथा चौघडा फिडर...

नेपाल एयरलाइन्सले हवाई भाडा घटायो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादर घटाएको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म भाडा घटाएको हो । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी विज्ञप्ति अनुसार, भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड...

अवैध लागूऔधसहित आठ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, मोरङ, सुनसरी र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको...

यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयहरु

मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । सो बैठकले प्रदेशमा सरुवा भई आएका निजामति सेवाका राजपत्रांकित प्रथम...

राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपछि पौडेलले बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई दर्ज्यानी चिह्न एवम् खड्ग प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी...

१३ न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषदले १३ न्यायाधिशको सरुवा गरेको छ । परिषद्को बिहीबार बिहान बसेको बैठकले उच्च अदालतका दुई र जिल्ला अदालतका ११ गरी १३ न्यायाधीशहरुको सरुवा गरेको हो । उक्त बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरमा र उच्च अदालत तुलसीपुरका न्यायाधीश रेखा थापा पाण्डेलाई विराटनगर...

राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई सचिवको जिम्मेवारीमा खटाइने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा सरुवा भई आएका निजामति सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ । बिहीबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनीमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रवक्ता...