समाचार
म भागेको छैन, सुरक्षित बसेको छु : दुर्गा प्रसाईं
काठमाडौँ । चैत १५ गते काठमाडौँमा आयोजित राजावादीहरुको आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईंले आफू भागेको नभई सुरक्षित बसेको बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले आफू भाग्न नजम्नेको दावी गर्दै भेटेको ठाउँमा गोली हान्न आदेश भएकोले सुरक्षित बसेको प्रसाईंले बताए । प्रहरीले पक्राउ गर्न खोजिरहेको भएपनि उनलाई...
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.४६ रुपैयाँ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १४६.९९ रुपैयाँ र बिक्रीदर १४७.६३ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४२ रुपैयाँ र बिक्रीदर...
गभर्नर नियुक्तिमा गडबढी नगर्न प्रचण्डको चेतावनी
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा गडबढी नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले राष्ट्र बैंकमा योग्य गर्भनर ल्याउन सरकारलाई सुझाव दिँदै अन्यथा अर्थव्यवस्था ध्वस्त हुने चेतावनी दिएका...
देशभरि पत्रकार महासंघको प्रदर्शन
काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो । यसै गरी नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवश मनाउने क्रममा देशका विभिन्न...
तोडफोडबाट पुगेको क्षति अनुगमनका लागि तीनकुने पुगे गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीबाट भएको क्षतिको अनुगमन गरेका छन् । उनले काठमाडौंको तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय, मिडिया हाउसका सवारी र अन्य सवारी साधनमा आगजनी गरेका थिए । आन्दोलन हिंसात्मक हुँदा २ जनाको मृत्यु...
राजावादीको हिंसात्मक प्रदर्शनप्रति गृह मन्त्रालयको कडा प्रतिक्रिया (हेर्नुहोस् विज्ञप्ती )
काठमाडौं । गृहमन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राजावादी प्रदर्शन हिंसात्मक बनेको भन्दै कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयका अनुसार प्रदर्शनकारीहरूले संविधानले दिएको अधिकारको उल्लंघन गर्दै हिंसा मच्चाएका छन् । गृहमन्त्रालयले आन्दोलनले स्वतन्त्रताको हकलाई नै हिंसात्मक बनाएको बताउँदै, ‘आजको घटनाले लाज मान्नुपर्ने अवस्था सिर्जना गरेको छ’ उल्लेख गरेको छ ।...
आगजनीमा परी एभिन्युज टिभीका पत्रकार रजकको मृत्यु, प्रदर्शन हिंसात्मक : मानव अधिकार आयोग
काठमाडौं । तीनकुनेको एक भवनमा लागेको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ । भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुको आन्दोलनले हिंसात्मक रुप लिँदा काठमाडौं तनावग्रस्त भएको थियो । सोही आन्दोलनको समाचार संकलनमा खटिएका पत्रकार रजक आगलागीमा परेका हुन् ।...
काठमाडौंमा कर्फ्यु आदेश, आवतजावतमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । राजावादीहरुको आन्दोलन हिंसात्मक भएपछि त्यसलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए । कर्फ्यु लागेको कुनै...
सर्वोच्चद्वारा कुलमान र हितेन्द्र दुवैको रिटमा अग्राधिकार
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक दुवैको रिटलाई अग्राधिकार प्रदान गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न अग्राधिकार प्रदान गरेको हो । आइतबार पुनः ती रिट निवेदनहरुमाथि सुनुवाइ हुनेछ।...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ बस्ने २२ बस्ने सुजन थापा मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ पैदल आउँदै...