समाचार

नेपाल प्रहरीमा भर्ना खुल्यो, हेर्नुहोस् सूचना

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न १ सय ४ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी...

समाजवादी मोर्चा र राजावादी पक्षहरुको प्रदर्शन आज

काठमाडौँ । समाजवादी मोर्चा र राजावादी पक्षहरुको प्रदर्शन आज हुँदैछ । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा ९नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा० ले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका छन् । जनता निरास भएको, राष्ट्रियता खतारामा परेको भन्दै राजतन्त्रको पुर्नस्थापनाका लागि राजावादीहरुको पनि प्रदर्शन आजै राखिएको छ ।...

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेमा सो विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा कुलमानको रिटमाथि सुनुवाइ भइरहेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई विरुद्ध बनाएर दायर रिटमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय...

प्रहरीद्वारा ११ जना भारतीय नागरिक पक्राउ

अनलाइन जुवा (सट्टाबाजी) खेल्नेर खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका- ३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा समेत ११ जना भारतीय नागरिकहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलस्थित घर भाडामा लिई...

नुवाकोटकी लामा मकवानपुरमा पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई कास्की पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो मागेको...

नेको इन्स्योरेन्सको हकप्रद शेयर आधा पनि बिकेन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयर आधा पनि बिक्रि हुन नसकेपछि पुनः लिलामीमा ल्याउने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० लाख ३० हजार ९०२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । अन्तिम दिन अर्थात चैत १४ गते बिहीबार बिक्री बन्द हुँदासम्म सेयरधनीहरुले २१ लाख...

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । सो बैठक आज दिउँसो २ बजे बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । त्यसबारे सभामुख देवराज...

शिक्षक सेवा आयोगद्वारा ६८६ पदका लागि आवेदन माग

काठमाडौँ । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ जना निमावि तहको शिक्षक पदको लागि आवेदन खुलाएको छ । विज्ञापन अनुसार, सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुलाइएको जानकारी दिइएको छ । न्यूनतम योग्यता पुगेका इच्छुक...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ कालागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिपक थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ...

बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

काठमाडौँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका...