समाचार
तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’
दोलखा, ३ मंसिर । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी...
नर्भिकले पत्रकार सम्मेलन गर्दै भन्यो – प्रकाशको निधन आकष्मिक हृदयघातले
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दहाल प्र्रचण्डका पुत्र प्रकाश दहालको आज बिहान निधन भएपछि त्यसबारे अस्पतालले भर्खरै जानकारी दिएको छ । अस्पतालले पत्रकार सम्मेलनमार्फत् प्रकाशको आकष्मिक हृदयघातबाट निधन भएको प्रस्ट पारेको छ । बरिष्ठ कार्डियो सर्जन यादवदेव भट्टसमेतको टोलीले दहालको हृदयघातको कारण निधन भएको पुष्टि गरेका छन् । नर्भिक...
माओवादी अध्यक्ष प्रचण्ड नर्भिक अस्पतालमा
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । उनीसँगै प्रकाशका आमा सिता दहाल पनि अस्पताल पुगेका छन् । आज बिहान हृदयघातका कारण प्रकाश दहालको निधन भएपछि झापामा रहेका प्रचण्ड हेलिकप्टरबाट काठमाडौँ आइपुगेका हुन् । बिरामी परेपछि प्रकाश बुबा प्रचण्डसित झापा गएका थिएनन्...
निर्वाचन कार्यालयमा सकेट बम
मलेखु, धादिङ, ३ मंसिर (रासस): जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक...
बाम र लोकतान्त्रिक गठबन्धनद्वारा चितवनमा निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित
चितवन, ३ मंसिर / रासस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ । अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुखित भएका छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र...
प्रचण्डपुत्र प्रकाशको निधनपछि अस्पतालमा भिड ( फोटोसहित)
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाशको आज बिहान काठमाडौंमा हृदयघातका कारण निधन भएपछि त्यसबारे अहिले एकछिनपछि अस्पतालले पत्रकार सम्मेलन आयोजना गर्दैछ । झापमा चुनावी प्रचार प्रसारमा रहेका प्रचण्ड हेलिकप्टरबाट काठमाडौँ पुगिसकेका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा उनका मूख्य स्वकिय सचिव रहेका प्रकाशलाई विहानै हृदयघात भएको...
चुनाव विरुद्ध काम गरेको आरोपमा पाँचथरमा ११ जना पक्राउ
पाँचथर, ३ मंसिर (रासस) : आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर...
न्वागी मेलामा करिब एक करोडको कारोबार
गुल्मी, ३ मंसिर (रासस) : गुल्मी र बाग्लुङअन्तर्गत पौदीवासीले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा आर्थिक कारोबार राम्रो भएको छ । दुई जिल्लाको संगमस्थल ग्वालिचौर खारबजारमा सञ्चालन भएको पाँचदिने मेला अवधिभरमा भण्डै १५० वटा स्टलमा सञ्चालन गरिएका व्यापार–व्यवसायमार्फत व्यापारीले मेलामा विभिन्न सरसामानअन्तर्गत जाडोयामका न्यानो कपडा, फलफूलअन्तर्गत सुन्तला, स्याउ, कृषि...
पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ, ३ मंसिर (रासस) : काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति बा१प १३०७ नंको पर्यटक गाडीले बा८६प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो । पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल...
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
– अञ्जली थापा हेटौँडा, ३ मंसिर / रासस० : ३ नं प्रदेशको राजधानी हेटौँडा तोकिएमा तत्कालका लागि अर्को व्यवस्था नभएसम्म निर्वाचित प्रतिनिधिलाई खाना, आवास, यातायात सहितको सुविधा निःशुल्क दिने होटल व्यवसायी संघ मकवानपुर र नारायणी यातायात व्यवसायी संघ मकवानपुरले प्रतिबद्धता जनाएका छन् । हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर प्रदेशको...