समाचार

पूर्व गृहमन्त्री जनार्दन शर्मामाथि बम प्रहार

काठमाडौँ, २४ कात्तिक । पूर्व गृहमन्त्री तथा बाम गठबन्धनका तर्फबाट पश्चिम रुकुमका प्रतिनिधिसभा उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको छ । शर्मालाई लक्षित गरी बम प्रहार भएपनि कुनै मानवीय क्षति भएको छैन । रुकुमको चौरजहारी भन्ने स्थानबाट चुनावी प्रचारप्रसारका लागि सानो भेरी गाउँपालिकातर्फ जाँदै गर्दा उनी लक्षित...

मकवानपुरको मनहरीमा आगलागी

मनहरी, २४ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित माथिल्लो सिबिर लामा टोलमा बिहीबार आगलागी भएको छ । आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । घटनाको जिल्ला...

राजस्व अनुसन्धान पथलैयाद्वारा हेटौंडाका दुई हार्डवयरमा छापा मारियो / अन्डर विलिङको समस्या हटाउन मउवासंघ महासचिव राउतको माग

हेटौंडा । २४ कात्तिक । राजस्व अनुसन्धान इकाइ कार्यालय पथलैयाले हेटौंडाका दुई हार्डवयर पसलमा २२ गते छापा मारेको छ । तर, २२ गते भएको सो घटना अहिलेसम्म गुपचुप छ । तु खबरलाई विशेष सुत्रबाट प्राप्त सूचना अनुसार, हेटौंडा कान्तिराजपथमा रहेका जालान आइरन र नयाँ विकास नामका दुई हार्डवयरमा राजस्व...

घरदैलो गर्दै नयाँ शक्ति पदमपोखरीमा

हेटौँडा, २४ कात्तिक । नयाँशक्ति पार्टी, नेपाल मकवानपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रम संचालन गरीरहेको छ । घरदैलो कार्यक्रम लिएर विहिबार मकवानपुरको हेटौंडा– १२ पदमपोखरी क्षेत्रमा नयाँ शक्तिको टोली उम्मेदवारहरु सहित पुगेका छन् । पदमपोखरीको चौधघरे रमनटार लगाएतका स्थानमा घरदैलो गरीएको नयाँशक्ति पार्टी नेपाल मकवानपुरले...

रिम्पोछे कर्म ज्ञानसागर लामाको निधन

मकवानपुर, २३ कात्तिक । नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय अध्यक्ष रिम्पोछे कर्म ज्ञानसागर लामाको निधन भएको छ । ८२ वर्षीय रिम्पोछेको बुधबार राती ११ः२५ मा देहावसान भएको हो । २०३५ सालबाट संघको स्थापना गरि बौद्ध धर्मभित्र शुद्धिकरण कार्य अघि बढाउन अगुवाई गरेका लामाले शुद्धिकरणकै अभियानमा...

असहाय बालबालिकालाई चुरेहिल हस्पिटलमा निःशुल्क उपचार

मकवानपुर, २३ कात्तिक । लायन्स हेल्थ फाउण्डेसन मकवानपुरको सहयोगमा हेटौँडाको चुरेहिल हस्पिटलले १५ बर्ष भन्दा मुनिका गरिब तथा असहाय बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको छ । जन्मजात अपाङ्गता भएका र विभिन्न दुर्घटनामा परि अपाङ्ग भएका बालकालिकाको उपचार गरी उनीहरुको सहज जिवन यापन गर्न सक्ने हैसियत बन्ने योजना भएकोले निःशुल्क...

आगलागीबाट डेढ करोड क्षति

काठमाडौँ, २३ कात्तिक । मुलुकका विभिन्न स्थानमा भएको आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ताप्लेजुङ,सोलुखम्बु, बाग्लुङ र काठमाडौँमा आगलागी भएको हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ बस्ने ६१ वर्षीय डण्डु शेर्पाको घरको भान्सा कोठाबाट बुधबार आगलागी हुँदा नजिकैको जण्डोल शेर्पाको २ तले...

५ जना मृत अवस्थमा फेला

काठमाडौं, २३ कात्तिक । मुलुकका विभिन्न स्थानहरुमा ५ जना मृत अवस्थामा भेटिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार भक्तपुर, कास्की, अछाम र सोलुखुम्बुमा ती व्यक्तिहरु मृत अवस्थामा भेटिएका हुन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको प्लानिङ गरेको जग्गामा बा.१ ज १०४० नम्बरको ट्याक्सीको पछाडी सिटमा...

घरदैलो गर्दै नयाँ शक्ति नगर र गाउँमा, राजन मैनालीलाई टोलवासीले साथ दिने

मकवानपुर , २२ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरु चुनावी अभियान लिएर मकवानपुरका विभिन्न स्थानहरुमा पुगेका छन् । नयाँ शक्तिका प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार राजन मैनालीले आफ्नै टोलमा आज भोट माग्न पुगेका छन् । उनले हेटौँडा नगरपालिकाको ४ नम्बर वडास्थित प्रजातान्त्रिक टोल र एकता...

७ वटा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २२ कात्तिक । बिभिन्न ७ वटा नकबजनी चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ चैत २९ गतेको फैसलाले जम्मा १३ बर्ष १० महिना कैद तथा १ लाख ८७ हजार ३ सय ६० रुपैयाँ जरीवाना हुने ठहर भई हालसम्म फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर...