समाचार
गुरु चेला पनि चुनावी मैदानमा
पथरी, मोरङ, ३० कात्तिक । नेपालमै पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा यहाँ पृथक र अनौठा स्थिति देखिएका छन् । नेपाली काँग्रेस र वाम गठबन्धनको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गर्ने अवस्था छैन । प्रदेशसभाको चुनावमा वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रदेशमा पूर्व प्राध्यापक तथा...
आचार संहिता उल्लंघन गर्दै सडक निर्माण
बाबियाचौर, म्याग्दी, ३० कात्तिक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न डोजर लगाएर सडक निर्माण गरेको भन्दै म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाविरुद्ध उजुरी परेको छ । रघुगंगा गाउँपालिकाले नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउँपालिकाले एमालेबाट...
हेटौँडामा भोट माग्दै लामिछाने र मैनाली
हेटौँडा, ३० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवाहरु गाउँका साथै हेटौँडा बजारमा समेत घरदैलो गर्दै भोट माग्न व्यस्त छन् । पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछानेको नेतृत्वमा प्रदेशसभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार राजन मैनालीसहितको टोली...
बाम गठबन्धनको दुई तिहाई मत आउने खतिवडाको दाबी
भिमफेदी ३० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले आसन्न संघ र प्रदेश निर्वाचनमा संयुक्त बाम गठबन्धनले दुई तिहाई मतका साथ विजयी हुने दाबी गरेका छन् । बिहिबार भिमफेदी गाउँपालिकाको १ र २ नम्बर वडाले गरेको संयुक्त चुनाबी...
देउवा र कमल थापाको दिन सकियो– दाहाल
हेटौँडा, ३० कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापाको दिन सकिएको बताएका छन् । बिहिबार हेटौंडा १५ मा बामगठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार दाहालले नेपाली काँग्रेस र राप्रपाको दिन...
३५ हजार अमेरिकी डलर सहित मकवानपुरमा १ जना पक्राउ
मकवानपुर, ३० कात्तिक । ३५ हजार अमेरिकी डलर सहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान करिब पौने ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त रकमसहित भारतको ग्राम भेडीहारी पोष्ट सिरिसिया भेडीहारी पुर्वी चम्पारण विहार बस्ने वर्ष २५ को शेषनाथ प्रसादलाई...
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
– आदित्य दाहाल मेलम्ची, ३० कात्तिक । सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले दलहरू मतदाताको घरघरमा पुग्न थालेका छन् । भूगोलको हिसाबले पनि मेलम्ची, ज्यामिरे, पाँचपोखरी, भोटेचौर र हेलम्बुलगायतका क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पर्यटन व्यवसायबाट मेलम्ची क्षेत्रको विकास गर्ने...
नेकपाको नेता भएको आरोपमा खैराङबाट सूर्य अर्याल पक्राउ
मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ९ बाट सूर्य अर्याललाई पक्राउ गरेको छ । नेकपाको नेता भएको र चुनावमा असर पार्न सक्ने भन्दै जिल्लाबाट गएको टोलीले खैराङबाट अर्याललाई पक्राउ गरेको खैराङस्थित स्थानीय स्रोतले जनाएको छ । आज खैराङको कात्तिकेमा औसीको मेला लाग्ने गर्दछ । आमा...
झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’
– चन्द्रकला भण्डारी काँकडभिट्टा, ३० कात्तिक । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ । झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा...
धादिङमा चेपाङका लागि खानेपानी योजना
धादिङ, ३० कात्तिक । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्यामै डाँडामा चेपाङकाल लागि खानेपानी आयोजना शुरु गरिएको छ । वर्षौँ देखि खानेपानीको समस्या खेपिरहेका चेपाङ समुदायलाई राहत पुग्ने गरी सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । कूल ६१ घर चेपाङको मात्र बस्ती रहेको...