समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनुका...

आज विश्व रेडियो दिवस

मकवानपुर । आज विश्व रेडियो दिवस देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा...

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई आज बालमैत्री पालिका घोषणा गरिँदैछ । हेटौंडालाई ‘निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषित गर्न लागिएको हो । यसअघि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले १९ वटै वडा बालमैत्री वडा घोषणा भइसकेको हेटौंडालाई पालिका...

कागज उद्योगको निरीक्षण गर्न मकवानपुरगढी पुगे उद्योगमन्त्री तामाङ

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकुमाया तामाङले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ स्थित कुबेर तिमल्सिनाको नेपाली हाते कागज उद्योगको निरीक्षण गरेकी छन् । बुधबार मन्त्री तामाङले तिमल्सिनाको उद्योग पुगेर केराको थामबाट कागज निर्माण गर्ने प्रक्रियासँगै उद्योगको अवस्था अवलोकन गरेकी हुन् । उनले कागज उद्योगको...

अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा आजबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र...

हेटौंडा सिटी कलेजको खेलकुद सप्ताह सुरु

मकवानपुर । हेटौंडा सिटी कलेज तथा जेनिथ माध्यामिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत खेलकुद सप्ताह सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, पिप्लेमा अवस्थित उक्त कलेजले बुधबार विहान तीन किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दै खेलकुद सप्ताह सुरु गरेको हो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब...

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको (प्रशिक्षण तर्फ) को निर्देशक पदमा दुई जना नियुक्त भएका छन् । नियुक्त हुनेहरुमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र (अनुसन्धान तर्फ) को निर्देशक पदमा चितवनका डा. सञ्जय महतो थारू रहेका छन् । पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उनीहरूलाई...

लागूऔषधसहित हेटौंडाबाट तीन जना पक्राउ

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चौकीटोलस्थित झोलुङ्गे पुल नजिकै रहेको चिया पसलबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ लागूऔषध खैरो हेरोइन ४ ग्राम २३० मिलि ग्रामसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु...

सेयर बजारमा सामान्य वृद्धि, पौने ९ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । बुधबार बजार परिसूचक नेप्से १ दशमलव ८६ अंकले बढेर २ हजार ६८५ दशमलव ७३ विन्दुमा पुगेको हो । आज बजारमा पौने ९ अर्ब बराबरको कारोबार भएको छ । आज करिब...

जुम्लामा फेरी भूकम्प गयो

काठमाडौं । जुम्लामा बुधबार फेरी भूकम्प गएको छ । जिल्लामा आजै मात्रै दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४ दशमलव १ म्याग्निच्युड रहेको...