तु खबर टिभी

सिसिटिभी फुटेज– साथीको मनि ट्रान्सफरमा यसरी भयो चोरी

हेटौँडा, १४ भदौ । मकवानपुरको हेटौँडा १० राप्तीरोड नवलपुर टेम्पो पार्क नजिक रहेको साथीको मनी ट्रान्सफरमा ताला फुटाई रकम लुटिएको छ । मनी ट्रान्सफरमा ७० हजार नगद र रिचार्ज कार्डहरु समेत गरि १ लाख २५ हजारभन्दा बढी रम लुटिएको छ । रकम लुटिएको पुष्टि प्रहरीले पनि गरेको छ ।...

Featured Video Play Icon

हेटौँडाका गायक डेसस सेन्साको ‘आमा’ म्यूजिक भिडियो रिलिज (भिडियो सहित)

–चन्द्र घलान हेटौँडा, ७ भदौ । हेटौँडेली गायक डेसस सेन्साको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सेन्साले तु खबर डटकमको अफिसियल युट्युब च्यानलमार्फत आफ्नो ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । नितेश रिजालको एरेञ्जमा बनेको गीतमा गायक सेन्साकै शब्द छ । बाध्यताले आमाको काख र...

चर्चित गायक कमल के क्षेत्रीको खुलासा–‘छिट्टै बिहे गर्दैछु’

हेटौँडा, ०२ भदौ । कुनै समयमा मन पराएको मान्छेलाई ‘आई लभ यु’ भन्न नसकेको पछि चर्चित गीत ‘आई लभ यु, मैले भन्नै सकिन’ बोलको गीत गाएका चर्चित गायक कमल के क्षेत्रीले अन्ततः आफुले चाँडै बिहे गर्ने कुराको खुलासा गरेका छन् । तु खबरसँगको अन्तरवार्तामा उनले ‘डबल माया’ बोलको गीतको...

‘ए सरकार’ को म्युजिक भिडियो भीमफेदी गाइजद्वारा सार्वजनिक (भिडियो सहित)

हेटौँडा, २७ साउन । पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको दिन पारेर भीमफेदी गाइजले यो म्युजिक भिडियोलाई बजारमा ल्याएको हो । पुष्पन प्रधानले स्वर दिएको गीतमा विकास पाण्डेको...

लाईभ भिडियो–हेटौँडामा स्थानीय र प्रहरीको झडप, यसरी प्रहार भयो अश्रु ग्यास

मकवानपुर, २१ साउन । आईतबार टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको ज्यान जानुका साथै थप एक गम्भिर घाईते भएपछि क्षतिपूर्ति सहित अन्य माग राखेर प्रदर्शनमा उत्रिएको स्थानीयमाथि प्रहरीले आज अश्रु ग्यास प्रहार गरेको छ । स्थानीय र प्रहरीको झडपमा नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी सहित २...

यसरी भयो हेटौंडाका पानी उत्पादन गर्ने कम्पनीमा अनुगमन

मकवानपुर १७ साउन । मकवानपुरको हेटौंडामा रहेका पानी उत्पादक कम्पनीहरुको अनुगमन मकवानपुरको प्रशासनले गरेको छ । माई चोईस , आक्वा टाईम र अमृत जल नामक पानीमा किरा भेटिएको समाचार तु खबरमा प्रकाशन भएपछि जिल्ला प्रशासनको नेतृत्वमा सरोकारवाला निकायका प्रमुख र पत्रकारहरु सहित आज पानी कम्पनीहरुको अनुगमन भएको हो ।...

विरोध र्याली गर्दै हेटौँडाको सडकमा यसरी उत्रिए काँग्रेस कार्यकर्ताको हुल (भिडियो)

मकवानपुर, १५ साउन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा समेत विरोध प्रदर्शन भएको छ । कांग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो । नेपाली काँग्रेस मकवानपुर जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीले मकवानपुरका विभिन्न क्षेत्र...

हेर्नैपर्ने भिडियो–केपी ओली सरकारको विरुद्धमा बानियाँको कडा टिप्पणी

मकवानपुर, २१ असार । काँग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखहरुको पद खोसिनु भनेको सरकारको दम्भ भएको आरोप लगाएका छन् । आज प्रदेश नम्बर ३ को प्रदेशसभामा बोल्दै उनले नेपाली काँग्रेसले हिजोका दिनमा मानवताका हिसाबले सबै कुरा त्यागेर शान्ति सम्झौतामा आएको स्मरण गरे । उनले...

काँग्रेस जिल्ला सभापतिहरुको भेलाको भित्री रहस्य के हो ? यसो भन्छन् सांसद ईन्द्रबहादुर बानियाँ (हेर्नुहोस् भिडियो)

मकवानपुर, ०२ असार । नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति एवं सांसद ईन्द्रबहादुर बानियाँले यही असार ५,६ र ७ गते हेटौँडामा हुन गइरहेको काँग्रेस जिल्ला सभापतिहरुको भेला महत्वपूर्ण रहेको बताएका छन् । ७७ वटै जिल्लाका सभापतिहरुको भेलाले काँग्रेसमा भएका गुटउपगुटहरुको समेत अन्त्य गर्ने ठोकुवा गरेका छन् । भेलाले महत्वपूर्ण विषयहरु...

प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड : हेटौंडा काठमाडौँ सुरुङमार्ग संभाव्यता अध्ययन गरिने – हेर्नुहोस् भिडियो

मकवानपुर, १ असार / आज प्रदेश नम्बर ३ को सरकारले आउँदो वर्षको बजेट सँसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मन्त्री ढुंगेलले संघीय समानुकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, आन्तरिक...