हेटौंडाको क्याम्पाडाँडा हत्याकाण्ड- खुलेन रहस्य

तु खबर संवाददाता
२०७६ चैत्र २३,आईतवार ०८:४३

मकवानपुर, २३ चैत । हेटौंडा ५ क्याम्पाडाँडामा १८ गते मंगलबार भेटिएको शव कसको हो अहिलेसम्म पहिचान हुन सकेको छैन ।

शव पहिचान नहुँदा के कारणले घटना भएको हो, हत्या वा आत्महत्या के हो भन्ने पनि खुल्ल नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

शवको पहिचान भएपछि मात्र घटनाबारे थप अनुसन्धान कार्य अघि बढ्ने मकवानपुर प्रहरीले जनाएको छ । क्याम्पाडाँडाको पुलमुनी गन्हाउने अवस्थामा अन्दाजी ४५ ५० वर्षीय पुरुषको शव भेटिएको थियो ।

प्रहरीले घटनालाई गम्भीर भएर अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले तु खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

क्याम्पाडाँडामा तेस्रो लिङ्गी अजीता भुजेलको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सो घटनापछि युवा व्यवसायी रवीकुमार श्रेष्ठले क्याम्पाडाँडामा सीसीटिभी जडान गरिदिनुभएको थियो ।

जडान गरिएको सीसीटिभीबाट पनि अनुसन्धान प्रकृयामा केही सहज हुने अनुमान धेरैको थियो । यस विषयमा प्रहरीले केही बोलेको छैन ।

 

 

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*