हेटौंडाको क्याम्पाडाँडा हत्याकाण्ड- खुलेन रहस्य
![](https://www.tukhabar.com/wp-content/uploads/2020/03/campa-dada-photo.jpg)
मकवानपुर, २३ चैत । हेटौंडा ५ क्याम्पाडाँडामा १८ गते मंगलबार भेटिएको शव कसको हो अहिलेसम्म पहिचान हुन सकेको छैन ।
शव पहिचान नहुँदा के कारणले घटना भएको हो, हत्या वा आत्महत्या के हो भन्ने पनि खुल्ल नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शवको पहिचान भएपछि मात्र घटनाबारे थप अनुसन्धान कार्य अघि बढ्ने मकवानपुर प्रहरीले जनाएको छ । क्याम्पाडाँडाको पुलमुनी गन्हाउने अवस्थामा अन्दाजी ४५ ५० वर्षीय पुरुषको शव भेटिएको थियो ।
प्रहरीले घटनालाई गम्भीर भएर अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले तु खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
क्याम्पाडाँडामा तेस्रो लिङ्गी अजीता भुजेलको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सो घटनापछि युवा व्यवसायी रवीकुमार श्रेष्ठले क्याम्पाडाँडामा सीसीटिभी जडान गरिदिनुभएको थियो ।
जडान गरिएको सीसीटिभीबाट पनि अनुसन्धान प्रकृयामा केही सहज हुने अनुमान धेरैको थियो । यस विषयमा प्रहरीले केही बोलेको छैन ।
यो पनि पढ्नुहोस्
- हेटौंडाको क्याम्पाडाँडामा शव कुहिएको अवस्थामा फेला
- हेटौंडाको क्याम्पाडाँडा : एकपछि अर्को ‘हत्या काण्ड’
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- हेटौंडाको सानोपोखरा र क्याम्पाडाँडामा सिसिटिभी जडान
- अजिता हत्या प्रकरणः १ लाख धरौटी तिर्न नसक्दा एलिशा कारागार चलान
- हेटौंडाकी अजिताको हत्या आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
- हेटौंडाकी अजिता भुजेल हत्यामा संलग्नलाई दोस्रो पटक म्याद थप
- अजिता हत्या प्रकरणः अभियुक्तको बयान बाझियो, एसपी राठौरले पत्याएनन्
- अजिताको मोबाइल अन भएपछि फसिन् एलिसा